काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण
काठमाडौं । काठमाडौं उपत्यकामा हिजो मंगलबारबाट पुनः मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरे । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ ।
स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि बोलाएर सम्बोधन गरिने बताए । गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई दृष्गित गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्तरण सुरु गरिएको हो ।
प्रतिक्रिया