नेप्सेमा २७.३९ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २७.३९ अंकले घटेर दुई हजार ६६३.३२ विन्दुमा बन्द भएको हो । आज कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर ओरालो लागेको छ । मंगलबार सर्वाधिक गुमाउने र कमाउने हाइड्रोपावरका लगानीकर्ता छन् । यसदिन सर्वाधिक मध्यसोलु हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने बुटवल पावर कम्पनी लिमिटेडको शेयर ६.८३ र मन्दु हाइड्रोपावरको शेयर ६.३१ प्रतिशतले बढेको छ । यस्तै इस्टर्न हाइड्रोपावरको ८.५० र बुद्धभूमि हाइड्रोपावर नेपालको  ७.२४ प्रतिशतले शेयर घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर