भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालियटिभ’ केयर युनिट सञ्चालनमा

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालियटिभ’ केयर युनिट सञ्चालनमा ल्याइएको छ। टिडब्लुसिसी क्यानडाको सहयोगमा स्थापना भएको युनिटको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोमबार उद्घाटन गरे ।

‘विश्व हसपिस तथा प्यालियटिभ दिवसका अवसर पारेर ‘डा चाँदनी वैद्य स्मृति कक्ष’ नाम दिइएको प्यालियटिभ केयर युनिट स्थापना गरिएको हो। क्यान्सर वा अन्य असाध्य रोगले थला परेका बिरामीको हेरचाह गर्ने उचित तरिकालाई प्यालियटिभ केयर भनिन्छ।
२० वर्षसम्म भक्तपुर क्यान्सर अस्पातलमा योगदान गरेकी तथा प्यालियटिभ सेवाको स्थापना गर्न ठूलो भूमिका खेलेकी डाक्टर चादनी वैद्यको स्‍मृतिमा प्यालिएटिभ कक्षको नामकरण गरिएको अस्पतालका निर्देशक डा. उज्जल चालिसेले जानकारी दिए। यसैबीच अस्पतालको आयोजनामा प्यालियटिभ केयर तथा क्यान्सर सचेतना र्‍यालीको समेत आयोजना गरिएको छ। भक्तपुर दरबार क्षेत्रमा र्‍यालीको आयोजना गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर