अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहज रूपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताए । उनले मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने पनि बताए ।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिँदै उनले मुलुकमा असहज परिस्थिति रहेको र अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिने आशा पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर