पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले गर्ने

काठमाडौं ।  लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

परिषद् सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहसमेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्नसक्ने गरी बाटो खुला गरिदिएको छ।

मारवाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ  भन्दै काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर