नेपाली क्रिकेटरहरूको भटाभट लिलाम जारी

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । एनपीएलको जारी अक्सनमा क्याटेगोरी बीका राईट आर्म पेसर वा अलराउन्डर रुपेशकुमार सिंहलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा किनेको छ ।

यसैगरी एनपीएलका लागि सूर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो । यसअघि ललित राजवंशी पनि १५ लाखमा बिकेका थिए । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ । यस्तै,  एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

एनपीएलका लागि लोकेश बम विराटनगर किङ्ग्समा आवद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स विकेट किपर ब्याट्सम्यान लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा किनेको हो । यस्तै, नरेन्द्र भट्टलाई पनि विराटनगरले २ लाख रुपैयाँमा आवद्ध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर