दाउन्नेको सडक दुईतर्फी खुल्यो

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११ बजेर ४० मिनेटदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

सडक पूर्ण रुपमा सञ्चालनमा आएसँगै लामो समय जाममा परेका सवारीसाधनलाई पास गराउने काम भइरहेको प्रहरीको भनाइ छ । सडक हाललाई दुईतर्फी नै सञ्चालनमा आए पनि कुनै पनि बेला भासिन सक्ने जोखिम रहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । असोज ११ र १२ गते परेको निरन्तरको वर्षापछि १४ गते सडक भासिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर