नुवाकोटमा गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । नुवाकोटको पूर्वी भेगमा रहेको काफलडाँडामा गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ८ काफलडाँडामा आज शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा रहेको बा १४ च ३८५४ नम्बर को निजी हाइलक्स गाडी सडकमार्गबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा काठमाडौंको तारकेश्वर नपा ९ का ५८ वर्षीय उपेन्द्र खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

छहरे–टोखा–गँगटे–गल्छी सडक मार्गको बिचमा रहेको काफलडाँडाको दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ बर्षीय विश्वनाथ अधिकारी, नागार्जुन ३ का ६३ बर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ बर्षीय रामशरण अधिकारी, ७६ बर्षीया हरिकला खनाल र ५१ बर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्र खनालको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर