४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको २६ औं बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस जानकारी दिए । “ यो सिफारिस मन्त्रीपरिषदबाट हुने संख्यामा थपघट हुनसक्छ”, उनले भने, “ संकटग्रस्त घोषणाले सरकारले पुनर्निर्माण र पुनर्स्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज गर्छ ।”

गृहमन्त्री रमेश लेखक अध्यक्षतामा आज शुक्रबार बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवन, भक्तपुरसहित १४ वटा जिल्ला गरी विभिन्न ४० भन्दा बढी पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको प्राधिकरणका सहसचिव अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर