खसी, बोकाको कमी हुन नदिने व्यवसायीहरूको कटिबद्धता

काठमाडौं । दशैँका लागि काठमाडौंमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो कि भन्ने चिन्ता रहेको बेला कलङ्की खसी बजार व्यवस्थापन समितिले काठमाडौं उपत्यकामा विगत झैँ यसवर्ष पनि मासुको कमी हुन नदिने बताएको हो ।

समितिका व्यवस्थापक जीवनराज खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी बताउँदै काठमाडौं उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५–४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ । खसी, बोका ल्याउन व्यवसायीहरू तल्लीन रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर