बीपीबाहेक अन्य राजमार्ग सोमबारसम्म पूर्ण सञ्चालनमा ल्याइने सरकारको भनाइ

(पहिरोले लगेको बीपी राजमार्गको एक खण्ड)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरू सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरू सबै राजमार्ग आउँदो सोमबारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उनको भनाइ छ ।

सचिव शर्माका अनुसार बाढीपहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिए । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकाले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उनले बताए । कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउँदै उनले अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर