इलाम-माइखोला सडक खण्डमा पहिरोपछि यातायात ठप्प

काठमाडौं । मेची राजमार्गअन्तर्गत इलामको माइखोलामाथिको खण्डमा पहिरो गएपछि यातायात ठप्प भएको छ । आज शुक्रबार दिउँसो सडक मर्मत गर्नेक्रममा माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारीसाधन बिचमै रोकिएका छन् । पहिरो खसेपछि आज यातायात सञ्चालन गर्न नसकिने अवस्था आएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले बताइन् । यो सडक खण्डमा यस पटकको वर्षाका कारण थप समस्या आएको छ । पछिल्लो समय साना सवारीलाई मात्र सञ्चालन गर्न दिइएकोमा मर्मतका लागि काम थालेपछि यातायातका साधन ठप्प भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर