कच्चा तेलको मूल्य पाँच प्रतिशतले वृद्धि

काठमाडौं । इजरायल र इरानबीच जारी तनावका बीच कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाको बारेमा छलफल गरिरहेको बताएपछि तेलको मूल्य पाँच प्रतिशतले बढेको हो।

कच्चा तेलको मूल्य बढेको विषयलाई लिएर पत्रकारहरूले अमेरिकी राष्ट्रपतिलाई ‘के इरानको तेल प्रशोधन केन्द्रहरूमा आक्रमण नगर्न इजरायललाई आग्रह गर्दै हुनुहुन्छ?’ भनेर सोधेका थिए।

जवाफमा जो बाइडेनले, ‘मलाई थाहा छ, यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन।’ यस्तो हमलाले तेलको मूल्य बढाउन सक्ला नि भनेर सोध्दा अमेरिकी राष्ट्रपतिले भने, ‘तुफानका कारण पनि मूल्य बढ्छ।’ दक्षिण–पश्चिम अमेरिकामा हेलेन आँधीले कम्तीमा दुई सय जनाको मृत्यु भएको अवस्थामा उनको यस्तो भनाइ आएकाे हाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर