आज सुनको मूल्यमा चार सय रुपैयाँले वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा चार सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ। हिजो बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर