पूर्वराजा ज्ञानेन्द्र शाहबाट टीका लगाइदिने कार्यक्रम तय

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मला निवासमा टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले एक सूचना जारी गर्दै यस वर्ष पूर्वराजाले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने जनाएको छ ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व रजा शाह र पूर्वारानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने भएका हुन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर