आज नवरात्रिको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज नवरात्रिको दोस्रो दिन  ब्रह्मचारिणी नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । दुर्गादेवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध छन् । ब्रह्मचारिणी स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारण गरेको हुन्छ । दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमण्डलु धारण गर्छिन् । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त छन् ।

हिमालय कन्याको रूपमा उत्पन्न भएर, ब्रह्मचारिणीले भगवान् शिवलाई पतिको रूपमा पाउने दृढ़ तथा घोर निश्चय गरी देवी ब्रह्मचारिणीले प्रतिदिन भगवान् शिवजीको सेवा गरेकी थिइन् । आफ्नो घोर तपस्याको कारणले नै देवीको ब्रह्मचारिणी नाम रहन गयो ।

माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल दिनेवाला छ, तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । नवरात्रको दोस्रोदिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । नवरात्रको दोस्रोदिन अर्थात् आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान, एवं पुष्पहरू प्रिय छन् । ब्रह्मचारिणीलाई वैज्ञानिक दृष्टिले पनि आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर