आँगन स्विट्सले तिर्‍यो दुई लाख जरिवाना

काठमाडौं । सरकारको संयुक्त बजार अनुगमन टोलीले आँगन स्विट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्सलाई गुणस्तरहीन वस्तु प्रयोग गरेको भन्दै जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको अनुगमन टोलीले उक्त पसलको अनुगमन गर्ने व्रmममा बाढीले भिजेको, प्याकेजिङ खुइलिइसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

विभागका अनुसार आकाश फुड्सले आँगन ब्रान्डका मिठाई उत्पादन गर्ने कम्पनी हो, उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि जरिवाना तिराएको बताइएको छ । विभागका प्रवक्ता डिकबहादुर कार्कीले मिठाई उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिइसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गरेको जस्ता कैफियत देखिएको जानकारी दिए ।

विभागको अनुगमन टोली जावलाखेलस्थित हान कुक साराङ रेस्टुरेन्टको अनुगमनका क्रममा ब्रान्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि तीन लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ । विभागले पछिल्ला दिनमा ठुला र नाम कहलिएका ब्रान्डहरूमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ । विभागले पछिल्ला दिनमा दैनिक सातदेखि नौ वटा टोली विभिन्न वस्तुको अनुगमन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर