हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना

काठमाडौं ।  नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा बिहीबार हनुमानढोकास्थित दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ ।  बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा घटस्थापना (जमरा) राखिएको हो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर