लेबननमा आठ जना इजरेली सैनिकको मृत्यु

काठमाडौं । इजरेली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ। लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो मानवीय क्षति हो।

इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरेली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरेली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ। यसअघि इजरेली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबननमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ।

इजरेलले उक्त कारबाहीको उद्देश्य लेबननी सीमावर्ती गाउँका “आतङ्कवादी पूर्वाधार” नष्ट गर्नु रहेको जनाउँदै आएको छ। लेबननमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरेली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर