त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा बस चल्न थाल्यो, यात्रुको घुइँचो

काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोले अवरुद्ध त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्डमा दुईतर्फी सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै दशैं मनाउन घर जानेको घुइँचोले बसहरु खचाखच भरिएका छन् ।

साथै लामो समयदेखि राजधानी प्रवेश गर्न नपाएका मालबाहक सवारीसाधन र यात्रु बोक्ने सवारीसाधनले दुबैतर्फको सवारी चाप बढाएको छ । नागढुङ्गा मलेखु–मुग्लिन सडक खण्ड अझै पनि निर्माणाधीन अवस्थामा छ । अझै पनि ठाउँ ठाउँमा पहिरोको उच्च जोखिममा रहेकोले सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

राजमार्गमा सवारी जाम हुन नदिन ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ । साथै पहिरो खसिहालेमा तत्काल पन्छाउन लागि राजमार्गमा नै आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिए । हालको अवस्थामा भने नागढुङ्गा मलेखु–मुग्लिन सडक खण्ड दुईतर्फी नै यातायात सञ्चालन सहज रूपमा भइरहेको छ । गत बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ– ठाउँमा खसेको पहिरो पन्छाई सवारी हिजोदेखि दुवैतर्फी सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय सवारी जाम कम गर्न लागि धादिङ प्रहरीले साना सवारीसाधनलाई नुवाकोट हुँदै गल्छी टोखा छहरे सडक प्रयोग गरी राजधानी प्रवेश गराएको छ । यसैगरी मालवाहक र ठूला यात्रुवाहक सवारीसाधनलाई गल्छी–नागढुङ्गा सडकबाट नै राजधानी प्रवेश गराएको छ । अत्यावाश्यक साना सवारी र बिरामी बोकेका एम्बसलेन्सलाई पनि साबिककै बाटोबाट पठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर