आर्सनलको पीएसजीमाथि सहज जित

काठमाडौं ।  च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि सहज जित निकालेको छ । घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले पीएसजीलाई २-० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले गोल गरे ।

खेलको २०औँ मिनेटमा काई हावर्ट्जले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ३५औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल आर्सनलले २-० गोलअन्तरले जितेको हो । जितसँगै आर्सनलले ३ अंक जोडेको छ । आर्सनलले २ खेलबाट ४ अंकका साथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित पीएसजी भने २ खेलबाट ३ अंकका साथ १८औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर