इजरायली सेना लेबनानी भूमिमा प्रवेश

काठमाडौं ।  इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो। आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ। यीनै सीमानजिकका गाउँहरूबाट इजरायली सेनालाई हिजबुल्लाहले निशाना बनाउँदै आएकाले कारवाहीका लागि इजरायल त्यहाँ प्रवेश गरेको हो ।

इजरायलले लेबनानमा स्थलगत कारबाहीका लागि अमेरिकाको समर्थन पाएको छ। अमेरिकी विदेशमन्त्री लोयड अस्टिनले इरानले इजरायलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। यद्यपि, राष्ट्रपति बाइडेनले सोमबार इजरायल र लेबनानबीच तत्काल युद्धविराम हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर