मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनार, युरो, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा छ। यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा छ। कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा छ। बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर