डिजेल, मट्टितेलमा दुई र पेट्रोलमा एक रुपैयाँ घट्यो, ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ र हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा वाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैेया घटाइएको जनाएको छ । एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ बढेर आएको भएपनि चाडपर्वलाई लक्षित गरी मूल्य यथावत् नै राखिएको जनाएको छ । साथै निगमले पर्वका बेला पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर