नेप्सेमा ४४.४५ दोहोरो अंकको सुधार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दोहोरो अंकको सुधार आएको छ । आज नेप्से ४४.४५ अंकले बढेर दुई हजार ५ सय ८ दशमलव ८६ विन्दुमा बन्द भएको हो । नेप्सेमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँमा सीमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २१० वटाको बढेको छ भने ३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता १७२७ रुपैयाँ पुगेको छ ।  प्रभु सेलेक्ट फण्डको शेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर