बिपी राजमार्गको १५ सय मिटर सडक ध्वस्त, तत्काल सञ्चालन नहुने

काठमाडौं । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ । वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था नरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीले बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति गरेका कारण तत्काल जिल्लाको भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको कार्यालयले जनाएको हो ।

कार्यालयका प्रमुख सिडिई सुमन योगेशले रोसीमा आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा गरेर १५ सय मिटर सडक ध्वस्त भएकोले तत्काल यातायात सञ्चालन सम्भव नभएको बताए । उनले तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट थप सञ्चालन सम्भव नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर