पाकिस्तानमा सातजना मजदुरको गोली हानी हत्या

काठमाडौं ।  पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सशस्त्र समूहले सातजना मजदुरको गोली हानी हत्या गरेको पाकिस्तानको प्रहरीले जनाएको छ। पञ्जाब प्रान्तबाट कामका लागि बलुचिस्तान प्रान्त गएका मजदुरमाथि पञ्जगुर जिल्लामा रहेको एक घरमा भएको आक्रमणमा उनीहरुको ज्यान गएको हो।

उक्त घटनामा सातजना मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएको बलुचिस्तान प्रहरीलाई उदृत गर्दै अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पृथकतावादी समूहले राजमार्गमा कार रोकेर छिमेकी प्रान्तबाट आएकाहरूको हत्या गरेका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर