झ्याप्ले खोलाको पहिरो हटाइएपछि त्रिभुवन राजपथ दुईतर्फी सञ्चालन

काठमाडौं ।  काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ । पहिरो हटाइएपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ । पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

“पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्”, उनले भने । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । शनिबार उक्त स्थानमा तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

यसैगरी अविरल वर्षाको कारण हेटौंडा हुँदै काठमाडौं जोडने वैकल्पिक बाटो अवरुद्ध भएकोमा आज साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडाबाट चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौं जाने बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर