यात्रुलाई खानामा ठगे होटल बन्द गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रिय राजमार्गका खाना बेच्ने होटलहरूमा यस वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गुण्ववत्ताका विषयमा विशेष चासो देखाउने भएको छ । यात्रुहरूलाई कमसलका खाना ख्वाएर पैसा बटुल्ने होटलवालाहज्ञ अब भने कानुनको फन्दा मात्र होइन पेशाबाटसमेत हात धुन पर्ने अवस्था आउने भएको छ ।

मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले निकै समस्या खेपिरहेको गुनासो विगतदेखिको नै भए पनि पछिल्लो समय झनै बढेको बताृए । उनले यसअघि नै होटल तथा रेस्टुराँ व्यवसायीलाई सचेत गराइसकेका छन् ।

“मुख्य राजमार्गमा होटलहरुले यात्रुमाथि लुट मचाएका छन्, विगतमा कसैले कारबाही प्रक्रिया अगाडि नबढाए पनि म यसमा ‘एक्सन’ लिने तयारीमा छु, होटलहरुको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि यसमा मिलेमतो प्रष्टै देखिन्छ, यो कुरा सह्य हुँदैन, एकान्तमा वा जङ्गलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन, मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो”, चेतावनी दिँदै मन्त्री भण्डारीले भने ।

मन्त्रालयमा शुक्रबार आयोजित होटल तथा रेस्टुराँ व्यवसायीसँगको एक कार्यक्रममा उनले अब राजमार्गमा होटल चलाउने भए प्रष्ट रूपमा सबैले देख्ने गरेर मूल्यसूची राख्नुपर्ने बताए । मूल्यसूची नराखेर यात्रु ठग्ने मनशाय भए उनले त्यस्ता होटललाई बन्द गरिने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर