नेपालको बाढीले भारतको विहारमा पनि डुबान समस्या

काठमाडौं । नेपालमा आएको बाढी र पहिरोले भारतीय राज्य विहारको कैयन स्थान डुबानमा परेको छ । भारतीय सञ्चार माध्यमका बाढीले विहारका विभिन्न राज्यमा बाँध फुटेको छ ।  घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको छ ।

भारतको जोगबनी रेल्वे स्टेशनमा पनि पानी बसेको छ । अहिले रेलवे ट्र्याकमै पानी जमेको छ । जोगबनीको टिकुलिया बस्तीमा बाढी पसेको छ । योसँगै जोगबनीबाट खुल्ने सबै रेलसेवा बन्द भएका छन् । दरभंगामा को शी, कमला र बलान नदीमा जलस्तर बढेको छ । दरभंगा जिल्लाको कुशेश्वरस्थान पूर्वी, किरतपुर, घनश्यामपुर र गौडाबौराम क्षेत्रमा पनि बाढीको पानी पसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर