पूर्वराजा ज्ञानेन्द्रबाट मानवीय र भौतिक क्षतिप्रति दु:ख प्रकट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी, पहिरोबाट देशभरि पुगेको मानवीय र भौतिक क्षतिप्रति दु:ख प्रकट गरेका छन् । मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचारका लागि उनले राज्यको ध्यानाकर्षणसमेत गराएका छन् । पूर्वराजाद्वारा जारी वक्तव्यमा भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै अग्रिम तत्परता र पूर्वप्रतिकार्य नहुँदा ठूलो मानवीय भौतिक क्षति हुनु दु:खद कुरा भएको उल्लेख छ ।

वक्तव्यमा  ‘विगत तीन चार दिनदेखि आएको अविरल भारी वर्षातका कारण उपत्यका लगायत देशको हिमाल, पहाड र तराइका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ’, उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर