काठमाडौं उपत्यकामा घाम, देशका अन्य भागमा बादल

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ। उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव छ । हाल देशका केही स्थानमा बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा चार दिनपछि घाम लागेको छ । दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सोमबार सात प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाकोआँकलन गरिएको छ। मंगलबार कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर