१३ सय मेगावाट विद्युत उत्पादन बन्द, भारतबाट ३०० मेगावाट बिजुली आयात

काठमाडौं ।  बाढीपहिरोका कारण १३ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार  लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो । त्यस्तै, मान्डु हाइड्रोपावर, माथिल्लो तामाकोशी, मध्य सोलु, बेनी सोलु, सोलु दूधकोशी, माथिल्लो दूधकुण्ड र मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ।

लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको हो। ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि पूर्ण रुपमा बन्द छ। माथिल्लो तामाकोशी र २२ मेगावाटको मान्डु हाइड्रोपावरमा क्षति पुगेको छ। तामाकोशी नदीले १३२ केभी खिम्ती–लामसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको छ।

खिम्ती–लामसाँघु प्रसारण लाइनबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यकामा आउने करिब सय मेगावाट विद्युत् प्रवाह रोकिएको छ। यसले गर्दा विद्युत उत्पादन २८ सय मेगावाटबाट १३ सयमा झरेको छ। स्वदेशी उत्पादनमा धक्का पुगेकाले प्राधिकरणले भारतबाट दैनिक ३०० मेगावाट बिजुली आयात गर्न लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर