बल्खुमा ढलेको रूखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृतकको पहिचान गर्ने कार्य भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर