अधिकांश वर्षामापन केन्द्रमा जलसतहले सीमा नाघ्लाले खतराको संकेत

काठमाडौं । देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षा हुँदा धेरै नदी तथा खोलामा जलसतह बढेको छ । पछिल्लो २४ घण्टामा १०१ वर्षामापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

“बिहान ६ः२० को मापनअनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ । विभागले एक घण्टामा ६०, तीन घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोका लागि अलर्ट जारी गर्दै आएको छ । अहिले पनि भारी वर्षा भइरहेको र दिउँसो पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर