कान्ति लोकपथ र भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ  भएको छ । गएराति मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पन्छाउन जिल्ला सडक कार्यालय र फास्ट ट्रयाकसँग समन्वय गरी हटाउने पहल भइरहेको र अवरोध हटाउन करिब दिनभर लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

यसैबीच सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका-१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडकमाथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर