लेग स्पिनर सन्दीप वरियतामा ४१औँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिएको हो ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन् । दीपेन्द्र र कुशल ६ स्थान तल झरे । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरे । सोमपाल यथा स्थानमा छन् । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन् ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेल ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन् । रोहितको वरियता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा छन्। बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरे । करणले चार स्थान सुधार गरे । बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन् । एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औँ स्थानमा रहेको नेपाल १७औँ स्थानमा पुगेको हो । शीर्षस्थानमा भारत यथावत् छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर