नेप्से बुधबार ४९.१८ अंकले वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सुधार भएको छ । हिजो  मंगलबार ५८.९३ अंकले घटेको नेप्से बुधबार ४९.१८ अंकले बढेर दुई हजार ५ सय १९ दशमलव ५७ विन्दुमा बन्द भएको हाे । नेप्सेमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा बुधबार ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २२३ वटाको बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त, ङादी हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेका छन् ।  हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १५ करोड ६४ हजार बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर