कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बन्द नगरिने

काठमाडौं ।  हेटौंडा-काठमाडौं  कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा रोक लगाउने भनिए पनि खुला गरिएको छ ।

सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरिएको थियो । दसैंमा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधन निर्वाध चलाउन दिने दक्षिणकाली नगरपालिकाले जनाइको छ ।

नगर प्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर