गर्मी बढेपछि पर्साका स्कुलहरू बन्द

काठमाडौं ।  बढ्दो गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि पर्सा जिल्लामा रहेका स्थानीय तहहरुले बिदा दिने निर्णय गरेका छन् । लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पादन हुन थालेपछि पर्सा जिल्लामा रहेका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न  बिदा दिने निर्णय गरेका हुन् ।  वीरगन्ज महानगरपालिकाले सूचना प्रकाशित गरी असोज ८ र ९ गते विद्यालयको अध्ययन अध्यापन स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको र अध्ययन कै क्रममा विद्यार्थी बेहोस हुन थालेकाले विद्यालयको प्रशासनिक कार्यलाई निरन्तरता दिँदै हाल दुई दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । उनले दुई दिनमा गर्मीको तापक्रम घटेर कम भए विद्यालय पूर्ववत अवस्थामा सञ्चालन हुने, नभए पठन पाठनलाई निरन्तरता दिन अन्य उपाएलाई अवलम्बन गरिने बताए ।

त्यसैगरी पर्साकै पोखरिया नगरपालिकामा सञ्चालित  उचँगल माविमा अध्ययनरत ८ जना छात्रा हिजो गर्मीका कारण बेहोस भएपछि नगपालिकाले अध्ययन अध्यापनलाई विहानको सिफ्टमा सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ । पर्सा जिल्लामा पछिलो तीन दिनभित्र तापक्रम वृद्धि हुँदै दिउँसोका समयमा ४५ डिग्रीसम्म पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर