सुन तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्यमा आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि भई अहिलेसम्मकै उच्च मूल्य कायम भएर तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार सुन तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर