दुर्गा प्रसाईंलाई पक्रेको झोंकमा ट्रकमा आगजनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले हिजो आइतबार राति तीन वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन्।

प्रसाईंका समर्थकले ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको ट्रकमा आगजनी गरेका थिए । ४–५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ। त्यस्तै आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर