स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित निकालेको छ । गएराती भएको खेलमा भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्की र राफिन्हाले २–२ तथा पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि आयोज पेरेजले एक गोल फर्काएका थिए । यो जितसँगै बार्सिलोना ६ खेलबाट १८ अंकका साथ लिगको शीर्षस्थानमा छ । पराजित भएको भिल्लारियल ११ अंकसहित पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर