रामेछापमा वलेरो दुर्घटना : दुईजनाको मृत्यु

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविनकुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिपकुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ की ६० वर्षीया पदममाया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं-४ कि दलित महिला वडा सदस्य समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर