सहकारी ठगीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं ।  गृह मन्त्रालयले सहकारी ठगी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । गत साता बुधबार बसेको मन्त्रीपरिषद्ले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई गत शुक्रबार मात्रै परिपत्र गरेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्णयअनुसार प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक परिपत्र गरिएको गृह सचिव गोकर्णमणि दुवाडीले ​जानकारी दिए । उनले भने, ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई आजै परिपत्र गरिएको छ, अब प्रहरी मुख्यालयले मातहतका कार्यालयमा निर्देशन दिने विषय प्रक्रियामै जाने भइहाल्यो ।’  प्रहरीलाई अब प्रतिवेदनले ठगीमा संलग्न भनी औंल्याइएका व्यक्तिहरूलाई अनसन्धान गर्न बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर