मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरैबाट पक्राउ

काठमाडौं । गणतन्त्र प्रणालीका प्रखर विरोधी एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरको थिमि निकोसेरा उकालोस्थित उनको निवासबाट पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार कसूरमा पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सञ्चारकर्मीहरूलाई बताए।

उनीविरुद्ध केही दिनअघि एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसका आधारमा प्रहरीले असोज २ गते जिल्ला अदालत, काठमाडौंबाट पक्राउ गर्न अनुमति लिएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। आइतबार निवासमै रहेको खबर पाएपछि साइबर ब्युरोको टोली भक्तपुर पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर