मुगु जिल्ला झल्काे काठमाडौंमा हेराैं तस्बिर, भिडियो र रैथानै सामग्री प्रदर्शनी सुरु

काठमाडौं । काठमाडौंमा मुगुका तस्बिर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत यसपटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको हो । आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीको प्रदर्शनी सुरु गरिएको छ ।

प्रदर्शनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्बिर, भिडियो प्रदर्शनीले कर्णाली प्रदेशको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उपसभापति खड्काले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिक रूपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म जारी रहने छ । प्रदर्शनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादित सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाका तस्बिरहरू रहेका छन् । संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीमार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा कनेक्टिङ कर्णाली सुरु भएको हो । यसअघि दैलेख र डोल्पाको प्रदर्शन भइसकेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर