साफ यू–१७ च्याम्पियनसिप : भोलि नेपाल-पाकिस्तानबिच प्रतिस्पर्धा

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदैछ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बांगलादेश भिड्ने भएका छन् ।

उद्घाटन खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने छ । भारत गत संस्करणको उपाधि विजेता हो । यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन् ।

नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे । टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाइ छ । सन् २०२२ को साफ यू–१७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाइ छ । नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिङ रंगशालामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर