मेलम्चीको पानी घटस्थापना अगाडि नै वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनको कारण बन्द गरिएको मेलम्चीको पानी दशैंको घटस्थापना अगाडि नै पुनः वितरण गर्ने तयारीमा सरकार लागेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन बिहीबार सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । सोही निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । काठमाडौंका लागि मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
(खानेपानीमन्त्री प्रदीप यादव)
प्रतिक्रिया