लेबनान विद्युतीय उपकरण विस्फोट : ३७ जनाको मृत्य, हजारौं घाइते

काठमाडौं । इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ । इजरायलको अकल्पनीय विद्युतीय सञ्चार उपकरणमा भएको आकस्मिक विस्फोटबाट अहिलेसम्म ३७ जनाको मृत्यु हुनाका साथै हजारौं घाइते भएका छन् । अधिकांश घाइतेहरूको आँखा बिग्रेको । हातका औंला तथा खुट्टामा चोटपटक लागेको छ ।

लेबनानमा भएका पेजर, मोबाइल, पेनड्राइभ, ल्यापटप र वाकीटकी विस्फोटसँगै हिजबुल्लाहले कडा प्रतिक्रिया दिने भएको थियो । उसका नेता हसन नसरुल्लाहले बिहीबार बेलुका सार्वजनिक सम्बोधन गर्दै यसलाई युद्धको घोषणा भनेका छन् । उनले सम्बोधन गरिरहँदा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको थियो । नसरुल्लाहले इजरायलसँगको हिसाब छिट्टै चुक्ता गर्ने चेतावनी दिए । तर इजरायलले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

यसैबीच इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा भीषण बमबारी सुरु गरेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । इजरायलले हिजबुल्लाहका अखडामा बमबारी गरेको जनाएको छ । यस्तै इजरायलले लेबनानसँगको सीमाक्षेत्रमा भएको झडपमा आफ्ना दुई सैनिक मारिएको बताएको छ । हिजबुल्लाहको आक्रमणमा उनीहरु बिहीबार मारिएका हुन् । हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर